चन्द्रागिरि । नेकपा एमाले निकट युवाहरूको संस्था युवा संघ नेपालको चन्द्रागिरि नगर अध्यक्षमा महेश्वर श्रेष्ठ पुनः सर्वसम्मत चयन भएका छन्।
शनिबार साँझ सम्पन्न संघको दोस्रो नगर अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो।
संघको ३१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएको नेकपा एमाले चन्द्रागिरि नगर अध्यक्ष उत्तम बहादुर राउतले सिन्युज नेपाललाई जानकारी दिएका छन्।
अध्यक्षसहित अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा निशान महर्जन, सचिवमा मनिष श्रेष्ठ , सह सचिव रिता मंग्राती, उप सचिव उज्वल महर्जन र कोषाध्यक्ष सुनिता महर्जन रहेका छन्।

शनिबार बिहान चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँमा युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतमले अधिवेशनको उद्घाटन गरेका थिए। कार्यक्रमलाई नेकपा एमाले बागमती प्रदेश सदस्य हरिशरण थापा, नेकपा एमालेका प्रदेश कमिटी सदस्य सन्तोष खड्का, चन्द्रागिरि नगरकमिटीका अध्यक्ष उत्तम बहादुर राउत,
जिल्ला कमिटी सदस्य तथा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गरेका थिए।