• ट्रेण्डिङ :

चन्द्रागिरि १ दहचोकमा वडा स्तरीय सात दलिय संयुक्त अनुगमन मोर्चा गठन

चन्द्रागिरि १ दहचोकमा वडा स्तरीय सात दलिय संयुक्त अनुगमन मोर्चा गठन

cnewsnepal

शुक्रबार, असार २२ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


२१ असार, काठमाडौं ।  चन्द्रागिरि १ दहचोकमा स्थानिय सरकारका विकृति विरुद्ध सात दलिय मोर्चा निमार्ण भएको छ ।

नेकपा मओवादी केन्द्र दहचोकका अध्यक्ष राजन गिरीको नेत्वमा ११ सदस्य संयुक्त अनुगमन मोर्चा गठन भएको हो ।

दहचोकमा रहेको सात दलिय मोर्चाका संयोजक राजन गिरीले चन्द्रागिरि १ अन्तर्गत दहचोकमा देखा परेका विकृति तथा विसंगती विरुद्ध सर्घष गर्ने बताए । संयुक्त अनुगमन मोर्चाले समाजमा भइरहेको उत्पीडन, भेतभाव र असमान र मनपरि गरिरहेको विकास, भष्ट्राचार र विविध घटनाहरुलाई गम्भिरताका साथ लिएर कानुनी कारवाही गर्न स्थानिय वडा ,नगरपालिकालाई ध्यानाकर्षण गराउने छ ।

वडा स्थिरिय भेलामा समुदायको समसामयिक विषयमा छलफल गर्नुका साथै वडास्तरमा सबै राजनीतिक दल सम्मिलित संयुक्त सर्घष समितिको बैठक बसी विभिन्न चरणका आन्दोलन र ध्यानकर्षण गर्ने भएको छ । उक्त मोर्चा चक्रिय प्रणाली अनुसार नेतृत्व परिवर्तन गर्ने संयोजक गिरीले बताए ।

भेला बाट नेकपा विप्लपवाट उप संयोजकमा कृष्णबहादुर रोक्का र राष्ट्रिय जनमोर्चावाट रोसन दानी सचिवमा चयन भएका छन् । भेलाले सदस्यहरुमा नेपाल मजदुर किसान पाटी ( नेमकिपा) वाट विष्णु बहादुर खत्री , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)वाट विदुर केसी,नेकपा विप्लपवाट  स्याम बहादुर तामाङ , नेपाल समाजवादी पार्टी (नेसपा)का राजु रोक्का,राष्ट्रिय स्वतन्त्र पार्टीवाट टिकाराम गिरीलाई चयन गरेको छ । मोर्चाले भोली शनिवार बैठक बसेर विभिन्न चरणका आन्दोलन,खवरदारी,ध्यानकर्षण गराउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार