• ट्रेण्डिङ :

चितवनमा मान्छे आक्रमण गर्ने बाघ १६ घण्टापछि नियन्त्रणमा

चितवनमा मान्छे आक्रमण गर्ने बाघ १६ घण्टापछि नियन्त्रणमा

cnewsnepal

आइतबार, साउन २० २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेको एक व्यक्तिलाई झम्टिएको बाघलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जबाट दिनभर खटिएको टोलीले साँझ बाघलाई डार्टगरि नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान नदी किनारमा बाघले आक्रमण गरेपछि नजिकै रहेको झाडीमा बाघ लुकेको आशंकाको आधारमा बिहानैदेखि तीनवटा हात्ती ल्याइ खोजी कार्य भइरहेको थियो । खोजी कार्यमा खटिएका हात्तीहरु मध्ये दुईवटा हात्ती बिच्किएर दिउँसोनै भागेका थिए ।

दुईवटा हात्तीहरु भागेपछि सौराहाबाट थप दुईवटा हात्ती मगाएर साँझ पुन खोजीकार्य सुरु गरिएको थियो । भागेका एउटा हात्ती माउतेको निगरानीमा सिसुवार क्षेत्रबाट नियन्त्रणमा लिइएको छ । अर्को हात्ती भने माउतेको नियन्त्रणबाहिर भरतपुर–१९ निलडाँडामा पुगेको प्रहरीले जनाएको छ । माउतेको नियन्त्रणभन्दा बाहिर रहेर भागेको हात्तीबाट सर्तक रहन समेत प्रहरीले अनुरोध गरेको छ ।

आज बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार