• ट्रेण्डिङ :

चीनबाट आउने भयो १० लाख डोज कोरोना खोप

चीनबाट आउने भयो १० लाख डोज कोरोना खोप

cnewsnepal

बुधबार, जेष्ठ १२ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशका राष्ट्रपतिबीच भएको संवादपछि चीनले नेपाललाई अनुदानस्वरुप १० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेकी छन् ।
यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ ।
यसैगरी मंगलबार भारतका समकक्षी रामनाथ कोविन्दलाई पत्राचारमार्फत बाँकी १० लाख डोज कोरोना खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको छ ।
पहिलो चरणअन्तर्गत भारत सरकारले नेपाल सरकारलाई १० लाख खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने बाँकी १० लाख खोप डोज भारतबाट ल्याउन बाँकी रहेको छ ।
साथै, चीनबाट उपलब्ध गराइएको ८ लाख डोज कोरोना खोपका लागि राष्ट्रपति भण्डारीले राष्ट्रपति सीलाई विशेष धन्यवाद दिनुभएको छ ।
साथै, यस्तो महामारीको बेला पहिला भारत वा चीनबाट कोरोना खोप आउँला ? भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने बचन भने दिएका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार