• ट्रेण्डिङ :

चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

cnewsnepal

आइतबार, चैत्र ११ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


११ चैत, काठमाडौं । माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भम्रणमा गर्ने भएका छन् । जाँदैछ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उपप्रधान मन्त्री चीन भ्रमण प्रस्थान गर्न लागेका हुन् ।

श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने छन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ यही चैत १९ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार