३१ असाेज,कैलाली । प्रहरीले जबरजस्ती करणी फरार प्रतिवादि १६ वर्ष पछि पक्राउ गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय लम्की कैलालीको प्रहरी टोली जबरजस्ती करणी फरार प्रतिवादि १६ वर्ष पछि पक्राउ गर्ने सफल भएकाे हाे ।
ईलाका प्रहरी कार्यालय लम्की कैलाली प्रहरी प्रमुख शंकर खड्काले जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. २ गणेशपुर बस्ने बर्ष ४९ को प्रेम चौधरीलाई पक्राउ गरेकाे पुष्टि गरे ।
चाैधरीले मिति २०६३।१०।२५ गते जबरजस्ती करणी गरी तत्काल फरार भएको प्रहरी अनुसन्धानवाट खुलेकाेप्रहरी निरीक्षक खड्काले बताए ।
चाैधरीलाई २०६३।१०।२८ गते जबरजस्ती करणी मुद्धा शिर्षकमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट मुद्दा दर्ता भएको थियाे ।
अदालतले फरार प्रतिबादी प्रेम चौधरीलाई ६ बर्ष कैद सजाय फैसला ताेकेकाे थियाे ।
चौधरीलाई जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. २ गणेशरमा लुकी छिपी बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरी कैलाली जिल्ला अदालत कैलालीमा प्रहरीले बुझाएको छ ।