जेनजि आन्दोलनका क्रममा पुर्ण रुपमा क्षति भएको भक्तपुरको प्रहरी वृत्त जगातीको भवन स्थानीयहरुको सहकार्यमा पुननिर्माण भई नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण भएको हो।
भदौ २४ गते आगजनी र तोडफोडबाट कार्यालय भवनमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या शृजना हुँदै आएको थियो ।
क्षतिग्रस्त भवन छोटो समयमै पुनः निर्माण भई प्रहरीलाई हस्तान्तरण भए लगत्तै जागाति प्रहरीले आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।
यस सङ्गै उपत्यका प्रहरी प्रमुख एआईजी दान बहादुर कार्कीको सक्रियतामा उपत्यकाका १७९ वटा क्षतिग्रस्त कार्यालय भवनहरुको पुनः निर्माण कार्य सम्पन्न भई सेवा प्रवाह सुचारु भईसकेका छन ।
तस्बिरहरू

भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त