काठमाडौँ I शताब्दी पुरुष सत्यमोहन जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिने भएको छ ।
महानगरवासी र सर्वसाधारणलाई श्रद्धाञ्जलीका लागि जोशीको शवलाई अहिले साढे १२ बजेपछि महानगरपालिका पुर्याइने उहाँका निकट साहित्यकार एवं नई प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।
त्यसपछि उहाँको शवलाई ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिनेछ ।
जोशीले आफ्नो इच्छाअनुसार किस्ट मेडिकल कलेजमा चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि शरीर दान गरिसक्नुभएको र आजै अस्पताल र उहाँका परिवार बिच त्यससम्बन्धी सहमति भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त