• ट्रेण्डिङ :

टंकेश्वरबाट लागूऔषध सहित दुई पक्राउ

टंकेश्वरबाट लागूऔषध सहित दुई पक्राउ

cnewsnepal

मंगलबार, चैत्र १ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३० फागुन ,काठमाडौं । प्रहरीले लागूऔषध दुई जनालाई काठमाडौंबाट पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटेकाे बिशेष टोली लागूऔषध सहित दुई जनालाई काठमाडौं १३ टंकेश्वरस्थित सडकखण्डमा पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार पक्राउ पर्नेमा . जिल्ला धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ०४ घर भई हाल काठमाडौं महानगरपालिका १२ टेकु बस्ने २० को अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्‍ज जिल्ला वरमाभोजका बर्ष १९ को अजय गौतम छन् ।

पक्राउ परेका उनिहरूकाे साथबाट प्रहरीले लागूऔषध नाईट्राभेट ९०० पिस र एण्ड्रोइड मोबाइल दुई थान बरामद गरेकाे छ ।

पक्राउ गरेका दुईजनालाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार