• ट्रेण्डिङ :

टिकटक प्रतिबन्ध विरुद्ध १० रिट, मङ्सिर ४ गते सुनुवाइ

टिकटक प्रतिबन्ध विरुद्ध १० रिट, मङ्सिर ४ गते सुनुवाइ

cnewsnepal

शनिबार, मंसिर २ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा १० ओटा रिट निवेदन दायर भएका छन् ।

मन्त्रिपरिषद्को २०८० कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय विरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो ।

रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध १० ओटा रिट निवेदन परेका छन् भने उक्त विवादको सुनुवाइ यही मङ्सिर ४ गतेका लागि तय गरिएको छ ।

सरकारको उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो ।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचार विरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार