इटहरीमा ट्रान्समिटर जडित पोलमा ट्रक ठाेकिएर आगलागी भएकाे छ ।
इटहरीको पश्चिम रोड स्थित हङकङ मार्केट अगाडीको ट्रान्समिटर जडित पोलमा ट्रक ठाेकिएर आगलागी भएकाे हाे ।
प्रहरीका अनुसार ट्रान्समिटर जडित पोलमा भारतीय ट्रक ठोकिएपछि बिद्युत सर्टभइ आगो लागेकाे जनाएको छ। दुर्घटनामा ट्रक पुर्णरूपमा क्षती भएको स्थानीय वासिले वताएका छन्। ट्रककाे नम्बर खुलेकाे छैन एक स्थानीयले बताए ।
इटहरी उपमहानगरबाट बारूणयन्त्रबाट आगाे निभाउने कार्य भईरहेकाे प्रहरीले जनाएको छ ।मानवीय तथा भौतिक क्षति के कति भयाे भने विवरण प्राप्त भईनसकेकाे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार