• ट्रेण्डिङ :

डिआइजी गुरूङ र ढकाल एआइजीमा बढुवा सिफारिस

डिआइजी गुरूङ र ढकाल एआइजीमा बढुवा सिफारिस

cnewsnepal

बुधबार, कार्तिक १४ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरूङ र केदार ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का लागि बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिको बैठकले दुई जनालाई एआइजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

गुरूङ हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत छन्।

ढकाल भने प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन्।

उनीहरू बढुवा सिफारिस भएसँगै मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार