• ट्रेण्डिङ :

डोटीमा मिनी ट्रक दुर्घटना : तीनजनाको ज्यान गयो, सनाखत पुष्टि

डोटीमा मिनी ट्रक दुर्घटना : तीनजनाको ज्यान गयो, सनाखत पुष्टि

cnewsnepal

बुधबार, बैशाख १० २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


डोटी, वैशाख १० – डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । मृतक सबैको सनाखत भइसकेको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ ।

मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी (चालक), उज्वल जाग्री र जगत धामी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।

दुर्घटनामा परेको मिनी ट्रक (सुदूरपश्चिम प्रदेश ०१-०००१ ख ३४२८) धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गर्दा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

घटनाको जानकारी पाएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १० जनाको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो । दुर्घटना स्थल बुडरबाट करिब ११ किलोमिटर उत्तरतर्फ पर्छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार