• ट्रेण्डिङ :

ढुंगेअड्डामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ढुंगेअड्डामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cnewsnepal

आइतबार, असार ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ ।  थानकोट तर्फ जाँदै गरेको ना.६ ख ८६७४ नम्बरको ट्रको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । मृत्यु हुनेमा हुम्ला घर भएर तीनथान बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियाल छन् ।

आइतबार साँझ ८ बजेर २५ मिनेटमा सो ट्रकले बा।६३ प २०७७ नम्बरको होण्डा र बागमती प्रदेश–०२–०४९ प ४९५७ नम्बरको यमाहा मोटरसाइकललाई ठक्कर दिएको हो । अर्का मोटरसाइकल चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन् । उनको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचार हुँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार