• ट्रेण्डिङ :

ताहचलस्थित घरको छतमा लडेको रुख हटाउन सुरक्षा फौज, नेपाल प्रहरी र महानगर प्रहरीको संयुक्त प्रयास

ताहचलस्थित घरको छतमा लडेको रुख हटाउन सुरक्षा फौज, नेपाल प्रहरी र महानगर प्रहरीको संयुक्त प्रयास

cnewsnepal

आइतबार, असार १५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१५ असार,काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ ताहचलस्थित एक घरको छतमा ठूलो रुख ढलेपछि जोखिमपूर्ण स्थिति सिर्जना भएको थियो।

दुर्घटनापछि तुरुन्तै नं. १८ निलबाराही गण, नं. १९ बगलामुखी विशेष कार्यदल गणका सुरक्षा फौज, नेपाल प्रहरी र महानगर प्रहरीको संयुक्त टोली परिचालन गरी रुख हटाउने कार्य सफलतापूर्वक सम्पन्न गरिएको हाे ।


यस संयुक्त प्रयासले स्थानीय बासिन्दाको सुरक्षालाई सुनिश्चित गर्नुका साथै थप क्षति हुनबाट जोगाएको छ। हाल घटनास्थल सुरक्षित बनाइएको छ र थप जोखिम नहोस् भनी निगरानी जारी राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार