• ट्रेण्डिङ :

तीनकुने आगजनी र तोडफोड प्रकरणमा संलग्न थप एक जना पक्राउ

तीनकुने आगजनी र तोडफोड प्रकरणमा संलग्न थप एक जना पक्राउ

cnewsnepal

सोमबार, बैशाख २२ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


वैशाख २२ काठमाडौं । राजधानीको तीनकुनेस्थित खुला चौरमा गत चैत १५ गते भएको तोडफोड र आगजनी घटनामा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” नामक समूहद्वारा आयोजित प्रदर्शनका क्रममा भएको उक्त घटनाको अनुसन्धानका क्रममा खेमराज सेढाईलाई नियन्त्रणमा लिइएको हो।

सेढाई “राज संस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति” का सल्लाहकारसमेत रहेका छन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराले भने, “घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि पहिचान गरी आवश्यक अनुसन्धान जारी छ। शान्ति सुरक्षामा बाधा पुर्‍याउने कार्यप्रति प्रहरी संवेदनशील रहेको छ र कानुनी कारबाही प्रक्रिया अनुसार अगाडि बढ्नेछ।”

पक्राउ परेका सेढाई नुवाकोट जिल्ला, लिखु गाउँपालिका–३ स्थायी ठेगाना भइ हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका ७२ वर्षीय व्यक्ति हुन्। थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार