• ट्रेण्डिङ :

“तीनकुने प्रकरणमा सह-महामन्त्रीका छोराको पक्राउसम्बन्धी समाचार असत्य : काठमाडौं प्रहरी”

“तीनकुने प्रकरणमा सह-महामन्त्रीका छोराको पक्राउसम्बन्धी समाचार असत्य : काठमाडौं प्रहरी”

cnewsnepal

आइतबार, बैशाख १४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं, १४ वैशाख । तीनकुने क्षेत्रमा भएको भनिएको घटनासँग सम्बन्धित गरी “नेपाली काङ्ग्रेसका सह-महामन्त्रीका छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर, काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो सन्दर्भमा आएका समाचारहरू पूर्ण रूपमा निराधार र तथ्यहीन रहेको स्पष्ट पारेको छ।

प्रहरीका अनुसार न त घटनास्थलबाट न त अन्य कुनै स्थानबाट नेपाली काङ्ग्रेसका सह-महामन्त्रीका भनिएका छोरालाई नियन्त्रणमा लिइएको वा कुनै कारबाही गरिएकाे पुष्टि भएको छैन। परिसरले भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरूलाई आग्रहसमेत गरेको छ।

“तीनकुने घटनामा कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ,” प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

परिसरले यस्ता असत्य समाचारहरूले सर्वसाधारणमा अनावश्यक भ्रम सिर्जना हुने भएकाले जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ। साथै, सत्य र प्रमाणमा आधारित सूचना लिन चाहेमा परिसर सधैं उपलब्ध रहेको जानकारीसमेत दिएको छ।

प्रेस विज्ञप्तिमा सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराले हस्ताक्षर गरेका छन्।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार