• ट्रेण्डिङ :

तीन जना डिआइजीको सरूवा उपत्यका ट्राफिकमा बोहरा

तीन जना डिआइजीको सरूवा उपत्यका ट्राफिकमा बोहरा

cnewsnepal

सोमबार, भाद्र १७ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा गरेको छ।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालमा रहेका भरतबहादुर बोहरालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा पठाइएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका डिआइजी कृष्णहरि शर्मा पोखरेलको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरूवा गरेको छ।

त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा रहेकी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार