• ट्रेण्डिङ :

दक्षिणकालीमा गुम्बाको पर्खाल भत्कँदा बालिकाको मृत्यु, पाँचजना घाइते

दक्षिणकालीमा गुम्बाको पर्खाल भत्कँदा बालिकाको मृत्यु, पाँचजना घाइते

cnewsnepal

शुक्रबार, असार २९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित कर्मास्यामदेलिङ नुनुरी आनी गुम्बाको कम्पाउन्ड पर्खाल भत्कँदा एक बालिकाको ज्यान गएको छ ।

सिन्धुपाल्चोककी पाँच वर्षीया पल्जोम तामाङको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी पाँचजना घाइते भएका छन् । पल्जोमको मनमोहन स्मृति अस्पताल फर्पिङमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका काभ्रेपलान्चोकका पासाङ डोल्मा तामाङ (वर्ष १२) र स्याङबो शर्पा (वर्ष ११), मकवानुरको हेटौँडाकी सुनिता तामाङ (१०), सिन्धुपाल्चोककी ममता तामाङ (८) र मन कुमारी तामाङ (वर्ष ८) को बयोद्या अस्पताल बल्खुमा उपचार भइरहेको छ।

पर्खाल ढलेर गुम्बामा बस्दै पढ्दै गरेका आनीहरू माटोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई आनीहरूलाई उद्धार गरि बयोद्या अस्पताल बल्खु र स्थानीय अस्पताल फर्पिङमा उपचारका लागि पठाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार