• ट्रेण्डिङ :

दहचाेकका पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन

दहचाेकका पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन

cnewsnepal

बिहिबार, भाद्र ३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३ भदौ काठमाडौ । पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ ।

रोक्काको बिहिबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए ।

५९ वर्षका रोक्का केही अगाडि कोरोना संक्रमित भएका थिए । एक साता अगाडि भने उनको कोरोना रिपोट नेगेटिभ आएको थियो ।

कोरोना रिपोट नेगेटिभ आएपनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको अस्पतालको आइसियुमै उपचार भइरहेको थियो ।

घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफै हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रुपमा समेत अभिनय गरेका छन् । फिल्म ‘प्रेम युद्ध’ उनले निर्माण गरेको चलचित्र हो ।

काठमाडौ चन्दागिरी १ दहचाेकका स्थायी बासिन्दा रोक्काका दुई छोरा र दुई श्रीमती छन् । उनले छाेरा विजय पनि कलाकारीता क्षेत्रमा छन् । उनको आजै दहचाेक स्थित त्रिवेणी घाटमा अन्त्येष्टी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार