• ट्रेण्डिङ :

दाङमा ओभर लोड बोक्ने टिप्पर प्रहरी फन्दामा

दाङमा ओभर लोड बोक्ने टिप्पर प्रहरी फन्दामा

cnewsnepal

बिहिबार, असार ३१ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


तस्विर स्रोत : जिल्ला प्रहरी कार्यालय दाङ

दाङ, ३१ असार । टिप्परले ओभर लोड बोकेर सडक भत्किन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङ कडा रूपमा प्रस्तुत भएको छ ।

ओभर लोड बोकेका २ सय भन्दा वढि जिल्लामा सञ्चालित टिप्परलाई १५०० का दरले जरिवाना तिराएर छाडेको हो ।अब फेरि ओभर लोड बोकेको पाइएका टिप्पर धनी र चालकलाई मुद्दा चलाउने प्रहरी प्रशासनले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रर्वक्ता डिएसपी मुकुन्द रिजालले १५०० जरिवाना गरेर २ सय भन्दा वढि टिपर छाडिएको र अब फेरि पनि क्षमता भन्दा वढि बोकेमा र मापढण्ड विपरित सञ्चालन गरेमा कानुन बमोजिम प्रकृया अगाडी वढाईने बताए । डिएसपी रिजालले भने,ओभर लोड बोक्ने टिप्परहरुमाथि प्रहरी कडा रुपमा प्रस्तुत हुन्छौ गल्ती गर्ने विरुद्ध कानुन बमोजिम प्रकृयामा लाग्न मतहतका निकायलाई जानकारी दिई सकेका छौ ।

रोल्पाको शहिदमार्ग हुँदै र घोराहीको तापा सडकखण्ड भएर सयौ टिप्पर ओभर लोड बोकेर आवतजावत गर्दा सडक भत्कन थालेपछि र सडक दुर्घटनामा वृद्धि भए संगै प्रहरी प्रशासनले चासो दिदै यो रोक्न अभियान नै चलाएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार कागजात नभएका, ढाला थपेका, ओभरलोड बोक्ने जिल्लाका विभिन्न स्थानमा टिप्परहरुलाई दुई दिनसम्म नियन्त्रणमा लिइ जरिवाना गर्दे आइरहेको जनाएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार