काठमाडौं । हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त
उनीहरुले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । अस्पतालको सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरु मर्कामा परेका छन् । चिकित्सक संघको आह्वानमा आईतवार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ ।
आन्दोलनमा उत्रिएका चिकित्सकहरुले देशमा कानूनी राज्य हुनुपर्ने बताए । आन्दोलनका क्रममा बोल्दै डा। शेषराज घिमिरेले बिरामी बचाउनेहरुमाथि कुटपिट गर्दा सरकार मुकदर्शक बनेको आरोप लगाए ।
उनले भने, ‘यो देशमा कानूनी राज्य हुनुपर्छ । कानूनले काम गर्नुपर्छ, कानून लागू गर्नुपर्छ । हामी बिरामी बचाउन जान्छौँ तर हामीमाथि कुटपिट हुन्छ । त्यसरी त्रस्त भएर कसरी काम गर्नु । राज्य टुलुटुलु हरेर बस्छ, आक्रमण गर्ने मानिस खुलेआम हिँड्छ । हामी काम गर्न नसक्ने भएर आन्दोलनमा उत्रिएका हौँ ।’
हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारी ड्युटीमा रहेको अवस्थामा कुटिएको बिरोधमा संघका आह्वानमा आईतवार अस्पताल बन्द गरिएको हो ।