काठमाडौँ — बाढीपहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याउन सुरु गरिएको छ ।
नागढुंगा(मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर यातायात आवागमन ठप्प भएपछि सुरुङमार्गबाट काठमाडौं ल्याउन सुरु गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाको सक्रियतामा यात्रुको उद्दार समेत थालिएको छ । चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले उपलब्ध गराएको बसबाट यात्रुलाई सुरुङमार्ग हुँदै काठमाडौं ल्याउन थालिएको बताए ।
नगर प्रमुख गिरीले अत्यावश्यक बस्तुका सामान, विचवाटाेमा अलपत्र परेका,तरकारी खाद्यान्न,एम्बुलेन्स भित्रन सहजिकरण गरिएकाे जानकारी दिए । स्थानीय प्रहरीले यसमा सहजिकरण गरिरहेकाे छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार