२३ फागुन, काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गोतम केसीले जानकारी दिए ।
गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको र केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए।
एसपी केसीका अनुसार वसमा ४० जना सवार थिए भने खवर छ सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४स्४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको बताए ।
दुर्घटनास्थलबाट ४० जनाको उद्धार गरिएको छ ।नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको सय जनाभन्दा बढी उद्धारकर्मी खटिएको उनले बताए।