• ट्रेण्डिङ :

नयाँ आबरणमा रास्वपा सरकार, पुरानो कै डोबमा

नयाँ आबरणमा रास्वपा सरकार, पुरानो कै डोबमा

cnewsnepal

मंगलबार, चैत्र २४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । हाम्रालाई भन्दा राम्रालाई स्थान दिनुपर्छ भन्दै जनतामा सुशासनको नारा दिएर सत्तामा पुगेको पार्टीको वास्तविकता विस्तार विस्तारै खुल्दै आएको छ ।

सरकारले नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एक स्थानमा बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ । पण्डित अर्थमन्त्री स्वर्णिम वाग्लेकै छिमेकी जिल्ला तनहुँ पुर्ख्यौली थलो भएका हुन्, वाग्लेले तनहुँ एकबाट निर्वाचित हुन् ।

त्यस्तै सरकारले चैत २२ गते डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । कँडेल रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका व्यक्ति हुन् ।

यस्तै श्रममन्त्री दिपक कुमार साहले आफ्‌नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिएका छन् ।

यस्तै गृहमन्त्री सुधन गुङगको पोखरास्थित फेवाताल नजिक रहेको २० रोपनी जग्गा विवाद छतछुल्ल छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार