• ट्रेण्डिङ :

नवलपरासी जीप दुर्घटना अपडेट : मृत्यु भएका सात जनाको सनाखत (तस्बिरहरू सहित)

नवलपरासी जीप दुर्घटना अपडेट : मृत्यु भएका सात जनाको सनाखत (तस्बिरहरू सहित)

cnewsnepal

आइतबार, कार्तिक २६ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नवलपसारी (बर्दघाट सुस्तापूर्व )को देवचुलीमा जिप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाकाे सनाखत भएकाे छ ।

देवचुली नगरपालिका–९ मा दुर्घटना हुँदा मृत्यु भएका सातै जनाकाे सनाखत भएकाे हाे ।

नवलपरासी पूर्वमा कार्यरत डिएसपी बेद पौडेलका अनुसार मृत्यु हुनेमा नवलपरासी पूर्व बौद्धीकाली गाउँपालिका घर भएका छन् बहादुर आले, बौद्धीकाली लाहटे बस्ने कुमारी राना, माझडाँडा बस्ने टेकमान वानटक्की, बुलिङटार गाउँपालिका घर भएकी १२ वर्षीय करिष्मा ठाडा, मध्यबिन्दु नगरपालिका बस्ने चिरन अर्याल र कावासोती–१६ घर भएका १७ वर्षीय अस्बिन गैह्रे छन् ।

बौद्धीकाली घर भएका करिब २९ वर्षीय छन् बहादुर आले जिपका चालक हुन् । बौद्धिकाली गाउँपालिका स्थित माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु. १ ज ३२७० नम्बरको जिप गोरेघुम्तिमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तस्बिरहरू

 

प्रतिक्रिया
सम्बन्धित समाचार