• ट्रेण्डिङ :

नवलपरासी दुर्घटनामा मृतकको संख्या सात पुग्यो

नवलपरासी दुर्घटनामा मृतकको संख्या सात पुग्यो

cnewsnepal

आइतबार, कार्तिक २६ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


????????(??????? ???????????)?? ??????? ?????????-? ????? ?????? ?????????? ????? ??? ? ?????????? ??? ? ????? ?????? ???? ? ??? ?? ??? ?????? ????? ???? ??? ???????? ???????????? ????? / ????

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको पनि मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो।

गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।

योसँगै दुर्घटनामा परी ज्यान जानेको संख्या सात पुगेको छ। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार