३१ बैशाख,काठमाडौँ । काठमाडौँको नागढुंगामा प्रहरी जवनमाथी कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् ।
बुधवार सडकमै साहले प्रहरी जवान खड्कालाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
जवना माथि कुटपिट गर्ने प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले सिन्युज नेपालाई बताए । साहमाथि छानबिन सुरु भएको उनले बताए ।
साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बताए । उनका अनुसार घटना आज दिउँसोको हो ।
कुटाई खाने प्रहरी जवना खड्का २०७२ का जवान हुन् । उनी प्रहरी प्रभाग बलम्वुवाट दुई महिना अगाडि मात्रै प्रहरी प्रभाग नागढुंगामा गएका थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख हुन् ।
स्राेतका अनुसार ट्रक चेकजाँच गर्ने क्रममा ट्राफिककाे महिनावारी जवानले उठाउन सक्ने आशंकामा एक्कासी चेकजाँच गर्ने स्थानमा रिसले चुर भएका शाहाले जवान माथी हात पात गरेकाे जानकारी दिएका छन् । केही समय यता नागढुङ्गामा प्रहरी र ट्राफिक प्रहरी विच पानीवारावर अवस्था आएकाे र प्रहरीले दशैमा गरेकाे भाेजमा पनि ट्राफिक प्रहरीले बहिस्कार गरेकाे एक प्रहरीले बताए । नागढुङ्गामा ट्राफिक प्रहरी र प्रहरी विच मनमुटाव हुने र नागढुङ्गा जाने हाेडवाजीले शान्ति सुरक्षामा समेत खलल पुगेकाे स्थानीयकाे भनाई छ ।