• ट्रेण्डिङ :

नागढुंगामा १८ चक्के ट्रक नाली खस्यो सडकखण्ड एकतर्फी अवरूद्ध

नागढुंगामा १८ चक्के ट्रक नाली खस्यो सडकखण्ड एकतर्फी अवरूद्ध

cnewsnepal

शुक्रबार, मंसिर ३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३ मंसिर काठमाण्डौं । राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडकखण्ड एकतर्फी अवरूद्ध भएको छ ।

शुक्रबार अपराह्न ५ बजेदेखि नागढुंगा सडकखण्ड एकतर्फी अवरूद्ध भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराइले बताए ।

चन्द्रागिरि २ स्थित नागढुंगाको नाग मन्दिर नजिकै सडकछेउको नालीमा १८ चक्के ट्रक खसेको एसएसपी भट्टराईले सिन्युज नेपाललाई जानकारी गराए ।

नालीमा १८ चक्के ट्रक खसे पछि एकतर्फी बाटो अवरूद्ध भएको छ । महानगरीय प्रहरी बृत्त थानकोट र ट्राफिक प्रहरीले सडक खुलाउन पहल गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार