• ट्रेण्डिङ :

नारायणचौरबाट नियन्त्रणमा लिइएका सात जना रिहा, डा. राजिव झा भने हिरासतमा

नारायणचौरबाट नियन्त्रणमा लिइएका सात जना रिहा, डा. राजिव झा भने हिरासतमा

cnewsnepal

आइतबार, जेष्ठ १८ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


१८ जेठ,काठमाडौं । काठमाडौंको नारायणचौर परिसरबाट नियन्त्रणमा लिइएका आठ जना व्यक्तिमध्ये सात जनालाई जिम्मा जमानीमा छोडिएको छ भने डा. राजिव झा हाल पनि प्रहरी हिरासतमा छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा सहितका व्यक्तिहरूलाई प्रहरीले मिति २०८२ जेठ १८ गते नारायणचौरबाट नियन्त्रणमा लिएको थियो। अन्य रिहा गरिएका व्यक्तिहरूमा शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामीछाने, विनोद कपाली, सरोज तिमिल्सिना र अन्य कार्यकर्ता रहेका छन्।

प्रहरीका अनुसार डा. झाले मादक पदार्थ सेवन गरी भिडमा अपशब्द बोल्ने कार्य गरेका थिए। त्यसैका कारण उनलाई हिरासतमा राखिएको जनाइएको छ। उनी रौतहट चन्द्रपुर नगरपालिका–४ का स्थायी बासिन्दा हुन् र हिन्दूवादी धार्मिक अभियन्ताका रूपमा परिचित छन्।

नियन्त्रणमा लिइएका अन्य व्यक्तिहरूमा हेटौंडा उपमहानगरपालिका–६ निवासी कमल थापा, ललितपुर जाउलाखेलकी शिला राणा, भक्तपुर ठिमी–३ का राकेश बस्नेत, नुवाकोट पञ्चकन्या गाउँपालिका–१ का रामचन्द्र लामीछाने, टोखा नगरपालिका–२ का विनोद कपाली, र चागुनारायण नगरपालिका–८ निवासी रर्चा नेपालका सदस्य सरोज तिमिल्सिना रहेका छन्।

यी सबैलाई नारायणचौर परिसर क्षेत्रमै भेटिएको र सोही स्थानबाट नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार