• ट्रेण्डिङ :

नुनको मूल्य बढ्यो

नुनको मूल्य बढ्यो

cnewsnepal

मंगलबार, असार १९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्‍याइएको छ ।

समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नुन एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ ।

यस्तै भानू नुन एक किलोको मूल्य रु नौ तोकिएको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

प्रतिक्रिया
सम्बन्धित समाचार