नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ७० हजार धरौटीमा रिहा भएका छन् ।
दाङ जिल्ला अदालतले शुक्रबार उनलाई ७० हजार धरौटीमा छोड्न आदेश दिएकाे हाे ।
अदालती प्रक्रिया पश्चात् धराैतीमा रिया भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आफ्नो घर सुर्खेतको पञ्चपुरी नगरपालिका–९ तर्फ जाँदै गरेका बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर पश्चात् चालककाे मृत्यु पश्चात् नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त