• ट्रेण्डिङ :

नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्वयन गर्न माग (भिडियो सहित)

नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्वयन गर्न माग (भिडियो सहित)

cnewsnepal

मंगलबार, साउन १९ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं, १९ साउन । नेपालको संविधान २०७२ भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्ययन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संसोधन गर्न नागरिकताविहिन नेपालीहरुले माग गरेका छन् ।

उनीहरुले विगतको दिनमा नागरिकता नपाएर गुमाएका सेवा सुविधाको क्षतिपुर्ती पाउनुपर्ने समेत सरकारसँग माग राखेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नागरिकता विहिन नेपालीहरुले यस्तो माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नागरिकता विहिन नेपालीका संयोजक इ. इन्द्रजित साफीले संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरीकता नपाउँदा आफुहरू राज्यबिहीन हुन पुगेको बताए ।

उनले नागरिकता नहुदाँ आफुहरु सेवा सुविधाबाट बञ्चित भएकोे भन्दै त्यसको क्षतिपुर्ति सरकारले दिनुपर्नेसमेत माग गरे ।

उनले राष्ट्रले नागरिकता नदिएर अनागरिक भएका नागरिकता विहिनहरु साउन २० गतेदेखि माइतीघर मन्डलाबाट जुलुस निकालेर सांसद भवनको अगाडी शान्तीपुर्ण धर्नामा बस्ने समेत जानकारी दिए ।

उनले भने,‘भोलीदेखि धर्नाको कार्यक्रम रहेको छ, जबसम्म हाम्रो माग पुरा हुँदैन् तबसम्म हामी पछाडी हट्दैनौ ।’ संयोजक साफीले नेपालमा साढे १२ लाख नागरिकता बिहिन रहेको तथ्यांकसमेत सुनाए ।

जन्मसिद्ध सन्तानको आधारमा नागरिकता नपाउनेको संख्या नेपालमा ६ लाख र आमाको नामबाट नागरिकता नपाउने ५ लाख ८० हजार रहेको उनको भनाई थियो ।

उनले नेपालको संविधान २०७२ भाग २ अनुसार विगत ६ वर्षदेखि नागरिकता ऐन संशोधन नभएको कारण जन्मको आधारमा नागरिकता पाएका बुवा, आमा र आमाको नामबाट नागरिकता नपाएका नेपालीहरुको जीवन निकै अप्ठ्यारो र असहज भएको बताए ।

उनले शान्तीपुर्ण धर्ना कार्यक्रमको लागि आवश्यक समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंंलाई आग्रह समेत गरे ।

कार्यक्रममा नागरिकता विहिनको समर्थन गर्दै राजु कुमार महतोले यो मुद्दा जन्मसिद्ध सन्तान वा आमाको मात्र होइन यो पुरै नेपालको मुद्दा भएको जिकिर गरे ।

उनले सम्बन्धित् ठाउँमा नागरिकता चाहियो भनेर जाँदा नागरिकता ऐन संशोधन नगरी गर्न नसक्ने बताएपछि निराश भएर आफुहरु फर्किएको गुनासो गरे ।

उनले यो मुद्दामा सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहभागी भईदिन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार