• ट्रेण्डिङ :

नेपालमा फेरि बढ्न थाले संक्रमित, १७५१८ को परीक्षण गर्दा ३८९९ जनामा कोरोना पुष्टि

नेपालमा फेरि बढ्न थाले संक्रमित, १७५१८ को परीक्षण गर्दा ३८९९ जनामा कोरोना पुष्टि

cnewsnepal

मंगलबार, साउन १२ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनामुक्त भए, २० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार ५१८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ६३ हजार ६०२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार