• ट्रेण्डिङ :

नेपाल जेसीजकाे लाेम लिडर्स एकेडेमी काठमाडौं सुरू

नेपाल जेसीजकाे लाेम लिडर्स एकेडेमी काठमाडौं सुरू

cnewsnepal

शुक्रबार, फाल्गुन ५ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


राेसन दानी,काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले उठाउने उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन्।

नेपाल जेसिजको लाेम लिडर एकेडेमी कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा स्वभाविक दाबी कांग्रेसको रहेको बताएका हुन् ।

नेता सिंहले अब भन्ने राष्ट्रपति काँग्रेसकै हुने र नयाँ सत्ता समिकरणकाे बाटाे तय हुने संकेत देखा पर्ने उनकाे भनाइ छ । काँग्रेसवाट काे राष्ट्रपति बन्ने बिषयमा खुलाएनन् ।

कार्यक्रममा नेता सिंहले फरक प्रसंगमा नेपाल जेसीजकाे बिधीकाे शासन र बन्धुत्वकाे भावना र एक वर्ष एक पद एक कार्यकाल प्रजातान्त्रिक प्रणालीको सुन्दर पक्ष रहेकाे उल्लेख गरे ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा जेसीजमा आवद्ध हजारौं युवाहरूलाई तालिमको माध्यमवाट निखार्ने काममा नेपाल जेसीज लाग्ने बताए । उनलेे प्रविधिकाे माध्यमवाट विभिन्न एप्स र एमआईएस प्रणालीमार्फत नेपाल जेसीजका हरेक गतिविधि सवै समक्ष पुर्‍याउने जानकारी गराए ।

कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष तथा लाेम लिडर एकेडेमीका प्रमुख प्रशिक्षक सुशीलबाबू श्रेष्ठले देशका हरेक नागिरिकहरूलाई तालिमका माध्यमवाट सकारात्मक परिवर्तन ल्याउन सके मात्र देशकाे रूपान्तरण सम्भव हने बताए । उनले भन्ने जेसीज युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा कस्ता खाले तालिम आबश्यक छ त्याे प्रदान गर्ने नेपाल जेसीज सक्षम छ ।”

कार्यक्रममा नेपाल जेसीज अन्तर्गत देश भरका १७८ शाखाका अध्यक्ष,महासचिव र काेषाध्यक्ष गरि करिव ६ जना उपस्थित रहेकाे छ । शुक्रबारदेखि सुरू भएकाे एकेडेमी दुई दिन सम्म चल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार