• ट्रेण्डिङ :

नेपाल जेसीजको काउन्सिलर्स एकेडेमी २०२३ काठमाडौंमा शुरु

नेपाल जेसीजको काउन्सिलर्स एकेडेमी २०२३ काठमाडौंमा शुरु

cnewsnepal

शुक्रबार, चैत्र १० २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


नेपाल जेसिज २०२३ को आयोजनामा दुइदिने राष्ट्रिय काउन्सिलर्स एकेडेमी काठमाडौंमा सुरु भएको छ ।

एकि समारोहका बिच नेपाली काँग्रेसका प्रभावशाली नेता शेखर काेईरालाले द मल्ल होटलमा शुक्रबार भएको कार्यक्रममा सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि डा.सेखर कोइरालाले राजनितिक अस्थिरता रहदा नेपाल जेसिजले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेता काेईरालाले देशकाे रूपान्तरण र समृद्धिका लागि युवा पुस्ताले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताए ।

त्यस्तै देशलाई सम्बृद्ध बनाउन नेपाल जेसिजको काउन्सलर्स एकेडेमीले बिषेश भूमिका खेल्ने नेपाल जेसिज २०२३ का राष्ट्रिय अध्यक्ष बिकास मानन्धरले प्रष्ट पारे ।

दुइदिने प्रशिक्षणमा प्रमुख प्रशिक्षक नेपाल जेसिजका पूर्व अध्यक्ष तथा पूर्व अष्ट्रेलियन राजदुत महेश दाहाल लगायतका व्यक्तित्वहरुले नेपाल जेसिजका देशभरीबाट उपस्थित भएका १ सय ७८ शाखाका अध्यक्षहरुको व्यक्तित्व र नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण दिइने छ ।

क्षमता अभिवृद्घिका साथै वार्षिक कार्यक्रमहरुको रुपरेखाको विषयमा छलफल तथा अन्तरक्रिया गर्दै युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गएको नेपाल जेसीजले जनाएको छ ।कार्यक्रममा एसिया तथा प्यासेफिककालागी निरुपीत उपाध्क्षय मारी कितामुरी, नेपाल जेसीजका पुर्व अध्यक्षहरु, किवानिज नेपालका अध्यक्ष लक्ष्मण लम्साल, पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । रात्रीकालिन रिप्सेनिस पार्टी सहि गायक डिजराज पाैडेलकाे प्रस्तुति सहित बरिस्ठ कलकार मदन कृष्ण श्रेष्ठकाे उपस्थितिले थप राैनक प्रदान गरेकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार