१९ कात्तिक काठमाडौं । नेपाल जेसीजको बर्ष २०२१ का लागि १७ पदका लागि ६७ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ । रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा हुने ४७औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाकाे उम्मेदवारी दर्ता भएकाे भएकाे हाे ।
आगामी पुस १ गतेदेदखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा महाधिवेशन हुनेछ । महाधिवेशनमा एकजना अध्यक्ष, चारजना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुने छ । बर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना कार्यकारिणी उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाकाे उमेदवारी दर्ता भएकाे नेपाल जेसिजले जनाएको छ ।
नेपाल जेसिज बर्ष २०२१ लागि अध्यक्षमा अरूणेश्वर खनाल बिसहजार जेसिज, बिकास मान्धर काभ्रे जेसिज,रविन पाेखरेल नुवाकोट जेसिज,श्यामसुन्दर पाैडेल बिराटनगर जेसिज, लालमणी भण्डारी त्रिभुवन नगर जेसिज,साेभा खरेल हेटौंडा लेडी र गाेकुल साप्काेटा बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै थानकोट जेसिजबाट माेहनलाल डाँगी,पाटन लेडिबाट सुम्रिता शर्मा ,पाटन रामनगर जेसिजबाट भाेज राज चापागाईं,सुमन कृष्ण श्रेष्ठ , रूकमेणी सिग्देल बकुण्डे वेसी, कञ्चन झा दुहबी जेसिज ,मुकुन्द दाहाल काठमाडौं जेसिज,अरूण कुमार दाहाल हेटौंडा जेसिज ,रमा प्याकुरेल बालकाेट लगायत १७ जना कार्यकारिणी उपाध्यक्ष पदका लागि भिड्दै छन् ।
त्यस्तै राष्ट्रिय उपाध्यक्षका लागि सितापाईला जेसिजबाट अभिषेक दुलाल, ईमाडाेल जेसिजबाट साेनित राज ढुगेल,दुहवी जेसिजबाट विमला सुवेदी कार्की,बुटवल लेडीवाट कल्पना पाण्डे, महेन्द्रनगर जेसिज बाट हरिश भट्ट लगायत ४३ जनाले प्रतिस्पर्धामा उत्रने छन् । महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार भने निर्वाचित अध्यक्षले मनोनित गर्न पाउने जेसीजको विधानमा व्यवस्था रहेको छ ।
एक हजार सात सयजना मतदाता रहेको जेसीज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरु, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहने छ । विगतमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन हजार जनासम्म सहभागी हुने गरेकामा यस वर्ष कोरोना महामारीका कारण न्यून सहभागिता हुने छ ।