• ट्रेण्डिङ :

नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा, २०२४ को नेतृत्वमा को ?

नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा, २०२४ को नेतृत्वमा को ?

cnewsnepal

आइतबार, मंसिर २४ २०८०
पढ्न लाग्ने समय: < ३ मिनेट


२४ मंसिर, काठमाडौं । नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । बुटवल जेसीजको आतिथ्यतामा आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको हो ।

बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औँ राष्ट्रिय महाधिवेशन भएकाले सन्दर्भ मिलाएर बुटवलमा गर्न लागिएको कन्भेन्सन डाइरेक्टर तथा पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । सोही अनुसार बुटवल जेसीजले महाधिवेशन तयारीका गतिविधिलाई तीव्रता दिएको उनको भनाइ छ । बुटवल जेसीजले सबैको साथ, सहयोग, समर्थन र सहकार्य गर्न चाहेको कन्भेन्सन डाइरेक्टर जगतबहादुर पोखरेलको भनाइ छ । यो महाधिवेशन बुटवल जेसीजको मात्रै नभएर बुटवल र सिङ्गो रुपन्देही जिल्लाकै गौरव प्रतिष्ठासँग जोडिएको उनको भनाइ छ ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मान्धरले यो महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट करिब १ हजार ८ सय प्रतिनिधि बुटवलमा आउने छन् त्यसबाहेक पर्यवेक्षक तथा अतिथि समेत गरी ३ हजार बढीको सहभागिता रहने बताए । अध्यक्ष मान्नधरले यो महाधिवेशन ऐतिहासीक हुने विश्वास व्यक्त गरे ।
महाधिवेशनमा तयारी तीव्र पारिएको र यसलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले जनाए ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागी दर्ता, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट ब्याग व्यवस्थापन, आवास व्यवस्थापन, अतिथि सत्कार, उम्मेदवार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा सरसफाइ, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वारा तथा हल व्यवस्थापन, मायाको चिनो व्यवस्थापन समिति लगायतका १७ वटा उपसमिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक राजीव गौतमले बताए ।

‘सक्षम युवा सुदृढ देश  सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न लागिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको लागि कन्भेन्सन डाइरेक्टरको रूपमा पोखरेललाई चयन गरिएको हो । पोखरेल नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष समेत हुनुहुन्छ ।

यस्तै, रुपन्देहीका सामाजिक सङ्घसंस्थाहरू, दलका जिल्ला तहका नेताहरू र प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरूसँग पनि भेटघाट तथा छलफलको कार्यक्रम जारी राखेको राष्ट्रिय महाधिवेशन सचिव मनोज भट्टराईले बताए ।

वर्ष २०२४ का लागि नयाँ नेतृत्व
आगामी वर्ष २०२४ का लागि अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । बुटवलमा हुने महाधिवेशनवाट नयाँ नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी परेको हो ।अध्यक्ष पदका लागि मनोहरा जेसीजकाको प्रस्तुतीका रुपमा रजनी थापा, नुवाकोट जेसीजवाट रविन पोखरेल र भक्तपुर जेसीजवाट रस्मि सिल्पाकार,देवदह जेसीजवाट विजय गुरुङ र कर्णाली जेसीजवाट अनिलबहादुर शाहीको उम्मेदवारी दर्ता भई सकेको छ ।

यस्तै ४ पदको कार्यकार्यणी उपाध्यक्षका लागि १३ जना राष्ट्रिय उपाध्यक्षमा २२ जनाको उम्मेदवारी परेको छ । जस मध्य १७ जना २०२३ का वतमान अध्यक्ष छने् भने ५ जना निर्वतमान अध्यक्ष भिड्तमा छन् ।

 

अध्यक्ष पदका लागि उम्मेदवार रजनी थापा

अध्यक्ष पदका लागि उम्मेदवार रविन पोखरेल

अध्यक्ष पदका लागि उम्मेदवार रस्मि सिल्पाकार

अध्यक्ष पदका लागि उम्मेदवार विजय गुरुङ

अध्यक्ष पदका लागि उम्मेदवारी अनिलबहादुर शाही

प्रतिक्रिया
सम्बन्धित समाचार