• ट्रेण्डिङ :

नेपाल प्रहरीमा रिक्त एसएसपीका लागि आकांक्षीहरूको दौड : शान्ति मिसनको अशान्ति कार्य छताछुल्ल

नेपाल प्रहरीमा रिक्त एसएसपीका लागि आकांक्षीहरूको दौड : शान्ति मिसनको अशान्ति कार्य छताछुल्ल

cnewsnepal

बिहिबार, साउन २१ २०७८
पढ्न लाग्ने समय: < ४ मिनेट


काठमाडौं, २१ साउन । नेपाल प्रहरीमा रिक्त एसएसपीका लागि दर्जन बढी आकांक्षी एसपीहरूको दौड चलेको छ ।प्रहरीमा तिन जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाइसकेका छन् ।एसएसपीको ५५ बर्षे उमेर हदका कारण दिलिप चौधरी, देवबहादुर बोगटी र किशोरकुमार दाहालले अवकाश पाएका हुन् ।

त्यसैगरी सौरभ राणा प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा भएपछि चार एसएसपी पद रिक्त भयो ।

हिजो बुधबारबाट एसएसपी मुकेशकुमार सिंहले पनि अवकाश पाएका छन् । त्यस लगत्तै पाँच पद पुर्तीका लागि बढुवा हुने भनेपछि रस्साकस्सी बढेको हो ।

स्रोतका अनुसार केही प्रतिस्पर्धीहरुले सत्तााधारी दलका नेता र मन्त्रीहरुको ढोका हान्न थालिसकेको समाचार प्राप्त भएको छ ।

एसएसपीको लागि प्रतिस्पर्धामा सिनियर ब्याचका एसपीहरु अर्थात २०५१ चैतमा प्रहरी सेवामा प्रवेश गरेका एसपी विकासराज खनाल एसएसपीको प्रतिस्पर्धी अग्रसुचीमा रहेका छन् ।

खनालको ब्याचीहरु प्रायः एसएसपी भइसकेको अवस्थामा सम्भवतः उनको बढुवा हुने चर्चा छ ।

त्यसैगरि दानबहादुर कार्की, रेवती ढकाल, राजन अधिकारी, विरेन्द्र बस्याल, भोला रावल, सुधिरराज भण्डारी, टिका बहादुर सिंह, सिद्धिविक्रम शाह, गणेश चन्द, उमाप्रसाद चर्तुबेदी, ओम राना, जीवनकुमार श्रेष्ठ, ईश्वर कार्की, सुशीलसिंह राठौर रहेका छन् ।

त्यस्तै ध्रुबराज राउत, अनुरागकुमार द्विवेदी लगायतका एसपीहरु एसएसपीको आकांक्षी रहेका प्रहरी अधिकारीहरु हुन् । त्यसो त सेवा अबधीमा विवादित छवी भएका एसपी राना, चन्द, खनाल, रावल, भण्डारी लगायतको विगत पनि हुनु पर्ने माग उठेको छ ।

त्यस्तै ११० ब्याचकै योगबहादुर पाल, राजेन्द्रसिंह खड्का पनि एसएसपीका प्रतिस्पर्धी हुन् । ०५४ मा सेवा प्रवेश गरेका प्रहरी अधिकृतले पनि बढुवाको आकांक्षा राखेका हुन् ।

प्रहरी नियमावली २०७१ मा एसएसपी बढुवाको लागि गृह सचिव अध्यक्ष, आईजी सदस्य र आईजीले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्यसचिव रहने व्यवस्था छ ।

काँधमा एसएसपीको ‘फूली’ लाउन पाउने आकांक्षा सहित सिनियर भन्दा जुनियरहरु मच्चिएको हेडक्वाटरमा चर्चा छ ।

त्यसैगरि काठमाडौं उपत्यका भित्रका दरवारमार्ग र कालिमाटी प्रहरी वृतमा नेतृत्व कर्ता डिएसपीको समय अबधि नजिकिएकाले नेतृत्व लिनका लागि कस्सिएका डिएसपीहरु बिच शक्ती देखाउने होडबाजी चलेको छ ।

डिएसपी गौतम कुमार केसी, भरत बहादुर विक, नवरत्न पौडेल, रुगम कुँबर, संजिब बहादुर खड्का, नरेन्द्र चन्द, राजन लिम्बु, यादव ढकाल र दिपक गिरी लगायतले  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई शक्ती केन्द्रबाट दवाव दिइरहेको स्रोत बताउँछ ।

वृत नेतृत्वका लागि घिमिरे, केसी, चन्द अग्रपंतीमा रहेको डिएसपीहरु बिच चर्चा हुने गरेको छ ।

शान्ति मिसनको अशान्ति कार्य छताछुल्ल

संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको आशंकामा प्रहरी प्रधान कार्यालयले छानविन गरिरहेको छ ।

शान्ति मिसनको अशान्ति कार्य छताछुल्लले यति बेला प्रहरी हेडक्वाटर मात्र होइन तालुक गृह मन्त्रालयमा समेत हंगामा मच्चिएको छ ।

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परिक्षा सञ्चालन भएको थियो ।

परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।

प्रश्नपत्र ‘लिक’ भएको हल्लापछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्रको सेट तयार गरेर डेढघण्टा ढिलो परीक्षा लिएको थियो ।

प्रश्नपत्र लिक गरेको आशंकामा प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी शुरेस बमलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको थियो ।

प्रि–स्याटको प्रश्नपत्र परीक्षा हुनभन्दा अघि डीएसपी रुपेश खड्काको घरमै पुगेको थियो ।

प्रहरी स्रोतका अनुसार खड्काले ल्याण्ड लाइन नम्बर ०१–४४१०५९९ मार्फत युएन शाखामा सम्पर्क गरेर प्रश्नपत्र मगाएका थिए ।

यसअघि पनि युएन शाखामा काम गरेका खड्कालाई भर्खरै निरीक्षकमा बढुवा भएका दिनेश पुनले प्रश्नपत्र पठाएको स्रोतले जनाएको छ । प्रश्नपत्र पु¥याउन प्रहरी नायव निरिक्षक (सई) जनक थापा खटिएका थिए ।

डीएसपी खड्कासहित ८ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएका थिए । युएन शाखामा कार्यरत डीएसपी बासुदेव पाठकले पनि ह्वाट्सएपमार्फत प्रश्नपत्र हात पारेका थिए ।

घटनाबारे छानविन भइरहेपनि विशिष्ट श्रेणीका अधिकृतको नाम गोप्यनै राखिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा नेतृत्वको समितिले घटनाबारे छानविन गरिरहेको छ । अभियान टाइम्सका साथमा ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार