• ट्रेण्डिङ :

नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन

नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन

cnewsnepal

मंगलबार, मंसिर ७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले निरन्तर सवोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । यस्तै बारले बिहीबार मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने बेला आएको भन्दै मार्चपास गर्न लागिएको जानकारी दिए ।

उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने उहाले बताए । श्रेष्ठले बालुवाटारमा नै धेरै कुरा तय हुने भएको र प्रधानन्यायाधीश लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्चपास गरिएको जिकिर गरे । श्रेष्ठले प्रधानन्यायधिशको राजीनामा नआए शुक्रबार बारले अर्को चरणको आन्दोलनको घोषणा गर्ने स्पष्ट पारे।

त्यस्तै बारमा आयोजित विरोध सभामा अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीशलाई अव प्रधानन्यायधिशलाई पदमा बस्ने कुनै अधिकार नभएको बताए । प्रधानन्यायधिशलाई भ्रष्टाचारको आरोप लाग्दा पनि सांसदहरु चूप लागेर बस्नु बिडम्वना भएको उनले बताए।

यसअघि बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरुलाई धारणापत्र बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार