काठमाडौं । सर्वाेच्च अदालतले नेपाल वायुसेवा निगम (नेवानि) लाई तत्काल निजीकरणको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले नेवानिलाई निजीकरण गर्नेसम्बन्धी कुनै काम अघि नबढाउने अल्पकालीन आदेश जारी गरेको हो ।
सरकारले निगमलाई कम्पनीमा लैजाने भनेपछि त्यसविरुद्धमा सर्वाेच्चमा रिट निवेदन परेको थियो । आइतबार उक्त रिटको सुनुवाइ गर्दै सर्वाेच्चले अल्पकालीन आदेश जारी गरेको हो ।
न्यायाधीश रेग्मीको इजलासले साउन २५ गतेका लागि मुद्धाको पेसी तोक्दै यसबीचमा निजीकरणसम्बन्धि कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले निगमलाई कम्पनीमा रुपान्तरण गर्ने कार्यविरुद्ध सर्वाेच्चमा मुद्धा दायर गरेका थिए ।