• ट्रेण्डिङ :

नेपाल संवत् ११४२ काे उपलक्षमा सतुङ्गल स्थित बुद्ध मन्दिर अगाडि दिप प्रज्वलन (तस्बिरहरू)

नेपाल संवत् ११४२ काे उपलक्षमा सतुङ्गल स्थित बुद्ध मन्दिर अगाडि दिप प्रज्वलन (तस्बिरहरू)

cnewsnepal

शनिबार, कार्तिक २० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


राेसन दानी,२० कात्तिक काठमाडौं । नेपाल संवत् ११४२ काे उपलक्षमा सतुङ्गल स्थित बुद्ध मन्दिर अगाडि दिप प्रज्वलन गरिएको छ ।

हृयाप्पी सतुंगल साेसाइटी चन्द्रागिरि ११ काे आयाेजनामा सतुङ्गल स्थित बुद्ध मन्दिर लाछी अगाडि दिप प्रज्वलन गरिएको हाे ।

नेपालकाे चुच्चे नक्सा सहितकाे आकृति बनाई समाजका जेष्ठ नागरिकहरू जाेगमाया श्रेष्ठकाे प्रमुख आतिथ्यतामा    न्हुच्छे बहादुर महर्जन,जगतलाल श्रेष्ठ र दिलमाया महर्जनकाे विशेष आतिथ्यतामा  संयुक्त रूपमा दिप बालेर उद्घाटन गरेकाे संस्थाका संरक्षक राजेन्द्र महर्जनले बताए ।

कार्यक्रममा हृयाप्पी सतुंगल साेसाइटी चन्द्रागिरि ११ काे अध्यक्ष प्रितम महर्जनका अनुसार हृयाप्पी सतुंगल साेसाइटीकाे प्रतिनिधिहरू,स्थानीय महिला, समाज सेवीकाे उपस्थितिमा सद्भाव र भाईचार स्थापना गर्न र राष्ट्रिय संवतलाई ससमानमा कार्यक्रम आयाेजना गरिएकाे बताए ।                                                         तस्बिरहरू 

प्रतिक्रिया
सम्बन्धित समाचार