• ट्रेण्डिङ :

पनौतीबाट भुग्देउ जाँदै गरेको यात्रुबस दुर्घटना, एकको मृत्यु, तीन घाइते

पनौतीबाट भुग्देउ जाँदै गरेको यात्रुबस दुर्घटना, एकको मृत्यु, तीन घाइते

cnewsnepal

बुधबार, जेष्ठ २१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


पनौतीबाट बेथानचोक गाउँपालिका ६ भुग्देउ जाँदै गरेको यात्रुबस भुग्देउस्थित दर्केखोलामा दुर्घटना हुँदा एक जनाको घटनास्थमानै मृत्यू भएको छ भने ३ जना घाईते भएका छन् ।

पनौतीबाट यात्रु लिएर भुग्देउ गएको यात्रुबसमा भुग्देउ पुग्दा ५ जना मात्र यात्रु थिए । ६० बर्षिय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमानै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिए ।

घाईते मध्ये बसका चालकको खुट्टामा चोट लागेको छ भने कृष्णकुमारी सँगै गएकी नातिनी बर्ष १ की संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ । भने कृष्णकुमारीको बुहारी सगिता आचार्य तिमल्सिनाको गोडामा चोट लागेको छ ।

घाईतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । स्थानीय अनिल तामाङका अनुसार प्रहरी र विरामी लिन एम्बुलेन्स भुग्देउ आइरहेको बताए । तस्बिर : राेजन तामाङ 

प्रतिक्रिया
सम्बन्धित समाचार