• ट्रेण्डिङ :

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

cnewsnepal

सोमबार, असार ११ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनको छ करोड उनान्चालीस लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैँया एकचालीस पैसा सम्पत्ति देखिएकामा त्यसमा एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा अवैध देखिएकाले सोही रकम बराबरको विगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार