• ट्रेण्डिङ :

पहिरोले काठमाडौं – नौबिसे सडक अवरुद्ध

पहिरोले काठमाडौं – नौबिसे सडक अवरुद्ध

cnewsnepal

शुक्रबार, असोज ११ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


११ असोज, काठमाडौं । वर्षासँगै पहिरो र लेदो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।

सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–९ स्थित सुरुङ मार्ग नजिकै लेदो आएर बाटो बन्द भएको प्रहरीले जनाएको छ ।पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।स्थानीय निकाय र सडक विभागसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार