• ट्रेण्डिङ :

पहिरोले घर बगाउदा रसुवामा एकै परिवारका ३ को मृत्यु, १ बेपत्ता

पहिरोले घर बगाउदा रसुवामा एकै परिवारका ३ को मृत्यु, १ बेपत्ता

cnewsnepal

बिहिबार, भाद्र ३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३ भदौ,काठमाडौं । रसुवामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार बिहीबार बिहान आएको पहिरोले नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानकी श्रीमती, छोरा र छोरीको मृत्यु भएको हो ।

त्यस्तैगरी अर्का एक बेपत्ता भएको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । श्यामबहादुरकी श्रीमती ३२ वर्षीय कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षकी छोरा सुकुमाया र ७ वर्षीय छोरा आषिस पुरिएका थिए ।

जसमा ३ जनाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घाइते अवस्थामा फेला परेको श्यामबहादुरको उद्धार गरि उपचारका लागि काठमाडौ ल्याइएको प्रहरीको भनाइ छ ।

बिहान पहिरोले श्यामबहादुरको घर बगाएको भन्ने थाहा पाएपछि स्थानीय घटनास्थल पुगेका थिए । त्यसपछि प्रहरीको टोली आएर श्यामबहादुरको उद्धार गरेको हो । पहिरो पन्छ्याएर खोजी गर्दा ३ को शव फेला परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार