• ट्रेण्डिङ :

पाटन अस्पतालमा काेराेना संक्रमित एक युवती र एक पुरूषकाे मृत्यु

पाटन अस्पतालमा काेराेना संक्रमित एक युवती र एक पुरूषकाे मृत्यु

cnewsnepal

शुक्रबार, भाद्र ५ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


५ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हाे ।                                                                    जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरका अनुसार दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।

आजै बिहान बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार