पाल्पा । पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पाल्पाको रामपुर नगरपालिका १० कालिगण्डकी करिडोरमा लु ४४ प २४३१ नम्बरको स्कुटर दुर्घटनामा परि एक जनाको मृत्यु भए हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा रामपुर( १० का ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको बताए ।
बर्दलेबाट रामटार जाँदै गरेको स्कुटर आफैँ अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण स्कुटर दुर्घटनामा परेको प्रहरीको अनुमान छ।
प्रतिक्रिया
सम्बन्धित समाचार