• ट्रेण्डिङ :

पाशुपत क्षेत्रको गुरु योजनाले वैदिक कालदेखी चलिआएको धर्म संस्कृति अनि मौलिकता नस्ट गर्ने भन्दै बिराेध प्रर्दशन

पाशुपत क्षेत्रको गुरु योजनाले वैदिक कालदेखी चलिआएको धर्म संस्कृति अनि मौलिकता नस्ट गर्ने भन्दै बिराेध प्रर्दशन

cnewsnepal

शनिबार, साउन १७ २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


१६ साउन काठमाडौं । सरकारले अघि सारेको पाशुपत क्षेत्रको गुरु योजनाले वैदिक कालदेखी चलिआएको पशुपतिनाथको धर्म संस्कृति अनि मौलिकता नस्ट गर्ने भन्दै स्थानीय जनता र राजनितिकर्मी हरुले गुरुयोजनाको बिरोध गर्दै शनिवार बिहानै बिरोध र्‍याली  गरेको छ।


गुरुयोजनामा पशुपति क्षेत्र वरिपरिको वस्तीलाई व्यवस्थित बनाउने नाममा वरिपरिको बस्ती नै हटाउन खोजिएको आरोप संघर्ष समितिले लगाएको छ ।

गुरु योजनमा मन्दिरलाई दुई तहमा राख्ने, पश्चिमी गेट नभत्काइ पश्चिमी गेटअघि अर्को तह राख्ने, दर्शन गर्न आउने तीर्थयात्रुहरुकोलागि दर्शनपथलाई स्तरोन्नती गर्ने लगायतका प्रस्ताव रहेका छन् तर स्थानीबासीहरुले भने मन्दिरलाई दुई तहमा राख्ने नाममा पश्चिमी गेटलाई भत्काउन खोजिएको आरोप लगाएका छन ।

विरोध र्यालि बारे जानकारी दिदै नेविसंघका महामन्त्री मनोज वैद्दले भने धर्म संस्कृति र परम्परालाई अन्त्य गर्ने नियतले यो गुरुयोजना ल्याइएको बताउदै यहाँ अवस्थित बस्ती र यहाँको संस्कृति एक अर्काको पर्याय भएको कारणले गर्दा बस्ती उठाउदा यहाँको संस्कृति नै लोप हुने भएकोले गर्दा कुनै पनि हालतमा गुरुयोजना लागु हुने नदिने र अहिले सम्बन्धित मन्त्रालयका मन्त्रि ले छलफलका लागि बोलाएको र छलफलले नै अगाडिको बाटो तय गर्ने बताए ।

पशुपतिनाथको प्राङ्गण बाट सुरु भएको बिरोध र्‍याली एयरपोर्ट, गौशाला, सिफल, चाबहिल हुँदै पुन:पशुपती मै आएर समापन भएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार