• ट्रेण्डिङ :

पूर्वमन्त्री प्रदीप नेपालको निधन

पूर्वमन्त्री प्रदीप नेपालको निधन

cnewsnepal

मंगलबार, बैशाख २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२३ वैशाख, काठमाडौं । पूर्वसूचना तथा सञ्चारमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ ।

पार्किन्सन रोगबाट पीडित नेपालको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । केही समयदेखि गम्भीर अवस्थामा आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो ।

नेपाल लामो समयदेखि राजनीति, साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय थिए । नेकपा एमालेका नेता रहेका उनले केही समयअघि स्वास्थ्य अवस्था कमजोर भएपछि सक्रिय राजनीति परित्याग गरेका थिए ।

नेपालको निधनले देशले एक प्रतिभाशाली राजनीतिक व्यक्तित्व गुमाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार